आज नेपालले आइसिसी विश्वकप लिग-२ स्कटल्याण्डसँग खेल्दै...

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
१३ कार्तिक २०८१

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ। 

नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल जितबिहीन छ।

लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ। अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो।

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ। यसअघि अघिल्लो वर्ष लिग-२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो। टियु ग्राउन्डमा त्यतिबेला पहिलो खेलमा तीन र दोस्रो खेलमा २ विकेटले स्कटल्याण्ड पराजित भएको थियो।

अमेरिकामै लिग-२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी-२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग-२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो।



प्रतिक्रिया

सम्बन्धित समाचार