अविरल वर्षासँगै रौतहट जिल्लाका विभिन्न नदीहरूमा आएको बाढीले ३५५ घर डुबानमा परेको छ। बागमती र लालबकैया नदीको बाँध फुटेपछि एक दर्जन गाउँहरूमा पानी प्रवेश गरेको छ।
>
>
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार दुर्गा भगवती-३ मा ११९ परिवारलाई उद्धार गरि धर्मशालामा सुरक्षित स्थानमा पुर्याइएको छ। गंगा पिपरामा १०० घरका बासिन्दाहरूलाई विद्यालयमा राखिएको छ। संयुक्त सुरक्षा टोलीले ११९ जना मानिसलाई उद्धार गरेको छ। बाढीका कारण एउटा गाईको मृत्यु हुनुका साथै ४ वटा खसी बाख्रा बेपता भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।>
राहत र उद्धारका लागि १०४ जनाको प्रहरी टोली, २७५ जनाको सशस्त्र प्रहरी टोली र १५० जना नेपाली सेना परिचालन गरिएको छ। उद्धार कार्य निरन्तर जारी रहेको छ,। >>