हवाई भाडा वृद्धि नागरिकमा असर: संसदीय समितिले सरकारलाई नियमनको निर्देशन

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
१३ अशोज २०८१

विमान सेवा कम्पनीहरूको हवाई भाडा वृद्धि नियन्त्रणको लागि प्रतिनिधि सभाको निर्देशन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा वृद्धि गर्दा नागरिकमा परेको ठूलो असरको विषयमा नियन्त्रणका लागि निर्देशन दिएको छ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन दिन अनुरोध गरेको हो। देशका मुख्य राजमार्ग बन्द भएको अवसरमा एयरलाइन्सहरूले भाडा बढाएको भन्दै समितिले यसलाई नियमन गर्न निर्देशन दिएको हो।


दशैंको चाडको मुखमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई यातायातको विकल्पको रूपमा रहेका विमान सेवा कम्पनीहरूले भाडा वृद्धि गर्दा आम नागरिकमा ठूलो असर परेको छ। समितिले हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार