चर्चित गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन्। चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् । >
विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्। बाग्लुङबाट जन्ति लिएर हिजै दुलाहाकै पहिरनमा सजिएर झापा पुगेका बिष्णु साँझ एलिनाको मेहेन्दीमा पुगेका थिए। दिउँसो हल्दी सकेपछि साँझ एलिनाको मेहेन्दी समारोह थियो। एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए ।>
एलिना र विष्णुलाई दाम्पत्य जीवनको शुभकामना दिन राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्ण सिटौलासहित गायिका रचना रिमाल, मेलिना मैनाली, केही मोडल पनि उपस्थित थिए ।
>>