एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
५ पौष २०८१

एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्‍यो। बंगलादेशकी ओपनर फहोमिदा चोयाले ३२ बलमा तीन चौका हानेर २६ रन बनाइन् । अर्का ओपरन मोसम्मत इभाले कुसुम गोदारबाट बोल्ड हुनुअघि २१ बलमा १ छक्का हानेउर १८ रन बनाएकी थिइन्। सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन्। यो सँगै पहिलो पटक आयोजना भएको एसिसी महिला यू-१९ क्रिकेटमा नेपाल तेस्रो भएको छ ।

समूह चरणमा पाकिस्तानलाई पराजित गरी नेपाल शीर्ष चारमा पुगेको थियो। शीर्ष चारको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले अंक बाँडेको थियो। विजयी भएको बंगलादेशले अब भारतसँग फाइनल खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार