गभर्नरका लागि तीन जनाको नाम सिफारिस

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ जेठ २०८२

गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।

अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार