थाइल्याण्डबाट काठमाडौं आएकी एक जना भारतीय महिलाबाट पाँच किलो गाँजा बरामद

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१ श्रावण २०८२

थाइल्याण्डबाट काठमाडौं आएकी एक जना भारतीय महिलाबाट पाँच किलो गाँजा बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार दिउँसो साढे ३ बजे काठमाडौं आएकी एक जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको मणिपुरकी ३० वर्षीया लिइयाजोन फुङथार छिन्। उनी बैंकक हुँदै एयर एसियाको फ्लाइटमा काठमाडौं आएकी थिइन्। विमानस्थलमा खटिएको ब्‍युरोको टोलीले उनीबाट पाँच किलो गाँजा फेला परेको हो। ब्युरोले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार