५ सय घट्यो सुन , तोलामा १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
१४ पौष २०८१

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार