ने.क.पा माओवादि केन्द्र , मोरङ धनपालथान गाँउपालिकाले आयोजना गरेको दशैं तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैं ,तिहार र छठ पर्वको शुभकामना आदन प्रदान कार्याक्रम गरेको छ । तिहार र छठ पर्व अवसर पारेर शनिबार धनपालथान गाँउपालिका वडा न ५को मुख्य बजारमा आयेजित कार्यक्रममा शुभकामना आदन प्रदान गर्दै सामुहिक रुपमा सद्भावको टिका लागाइएको थियो । >
नेपालीहरुको महान चाडर्वलाई हर्षौल्लासका साथ मनाउन आव्हानमा नेकपा माओवादि पार्टिका पोल्टि ब्यूरो सदस्य शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा धनपाल कमिटिले भव्यरुपमा कार्यक्रम आयोजना गरेको हो ।पार्टिको गाँउपालिका अध्यक्ष एवम ५ नं वडाका वडा अध्यक्ष गयानन्द सरदारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । >
कार्यक्रममा नेकपा माओवादि पार्टिका केन्द्रिय सदस्य भोगेन्द्र यादब , सर्वन राई , लगायतले शुभकामना मन्तव्य दिएका थिए ।>
>>