हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ फाल्गुन २०७९

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो ।

गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार