प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
>
टस हारेर सुरुवातमा ब्याटिङ गरेको एपीएफका लागि जोराले अविजित रहँदै ७५ बलमा ४ चौका र ३ छक्कासहित ६२ रन बनाएर खेलिरहेका छन् । खराब सुरुवात गरेको एपीएफकबा लागि उनले लोकेश बमसँग मिलेर राम्रो साझेदारी गरेर टिमलाई बलियो योगफलतर्फ लम्क्याईरहेका छन् ।
>
>
ताजा अवस्थामा एपीएफले सात विकेट गुमाएर ३८ ओभरमा १५७ रन जोडेको छ ।>
>>