विराटनगरबाट एक जना हुण्डी कारोबार गर्दै आएका आरोपित व्यक्ती रङेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको इन्टिेलिजेज्स टिमले एक जना आरोपित कारोबारीलाई १९ लाख ९० हजार रुपैँया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रंजन दाहालले लाइभ न्यूजलाई जानकारी दिए ।
>
प्रहरीले पछिल्लो केहि दिन देखी मोरङमा गम्भिर तवरले हुण्डि कारोबार गर्नेहरुलाई स्क्रिनिङ गर्दै आएको छ । यसै क्रममा बिराटनगर ६ स्थीत केश्लिया मार्गबाट, सुनसरी देवानगंज ५ बस्ने ४९ बर्षिय सुरेन्द्र प्रसाद साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दाहालले बताए । आरोपित साहको साथबाट उनि सवार को ७ प ५२२१ नम्बरको स्पलेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।>
एक प्रहरी अधिकृतका अनुसार , मोरङ प्रहरीले पटक पटक हुण्डी कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिए पनि कारोबारका मुख्य नाइकेहरु भने भारतमा बस्दै आएको बताए । उनले भने , थप आरोपित हुण्डी कारोबारीहरु प्रहरीको रेडारमा परिसकेका छन् , छिट्टै नियन्त्रणमा आउने बताए । >
>>
मोरङमा धेरै यस्तो गैरकानूनी रुपमा काम गरिरहेका छन् कडा अनुसन्धान हुनुपर्यो