अमेरिकाको वासिङ्टनस्थित एक यहुदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीलाई गोली हानी हत्या गरेको छ । अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले उक्त घटनाको पुष्टि गरेका छन् ।>
आक्रमणमा परी एक जना पुरुष र एक जना महिला कर्मचारीको मृत्यु भएको हो । आक्रमणको समयमा दुवै जना यहुदी संग्रहालय बाहिर थिए । गोलीबारी स्थानीय समय अनुसार राति ९ बजेको आसपास भएको थियो । धेरै पर्यटक स्थल, संग्रहालय तथा सरकारी भवनहरू भएको क्षेत्रमा गोलाबारी भएको हो ।>
रिपोर्टका अनुसार गोलाबारीको समयमा संग्रहालयमा आयोजित एक कार्यक्रममा इजरायली दूतावासका धेरै कर्मचारीहरू सहभागी थिए । सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न अपराधीलाई कानुनी कठ्घरामा ल्याएर पीडित परिवारलाई न्याय दिनेछौं । >
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहुदी विरोधी आतंकवादको कार्य’ भएको बताएका छन् ।>>