इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
७ जेठ २०८१

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका छन् ।

रेडक्रसका झण्डै ७३ उद्धार टोली रातभरी हेलीकोप्टरको खोजी तथा उद्धारमा खटिएकोमा हेलिकप्टर पुरै जलेको अवस्थामा फेला परेको हो । स्थानीय समय अनुसार सोमबार बिहान  उद्धारकर्ताहरु दुर्घटनास्थलमा पुगेका हुन् । राष्ट्रपति रैसी सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । इरानको इस्ट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा राष्ट्रपति रैसी, विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियानसहित  इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेकोमा उनीहरु सबैको निधन भएको हो । राष्ट्रपतिको निधनले इरान शोकमा डुबेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार