जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने चार युवाको गिरोह पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० फाल्गुन २०८०

जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले समातेको छ ।

दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको हो ।  सक्कली फेजबाट डाउनलोड गरेर नक्कली पोष्टहरु राखेर सर्वसाधारणलाई झुक्याएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका ७ वटा मोबाइल, १६ वटा समि कार्ड, २९ वटा एटीएम कार्ड, विभिन्न बैंकको खातामा डिपोजिट गरेको १६ वटा रसिद लगायत बरामद गरेको छ । 

पक्राउ परेकाहरुमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार