प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने : केपी शर्मा ओली

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ असार २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका कारण संसद् चल्न नसकेको आरोप लगाएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।  त्यस्तै, उनले  प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति  गम्भीर आपत्ति रहेको पनि बताए ।

ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार