इरानले चीनमा बनेका ३६ वटा जे–१०सी लडाकु विमान खरिद गर्ने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ असार २०८२

इरानले रुससँगको एसयू–३५ विमान खरिद सम्झौतामा समस्या देखिएपछि चीनसँग दर्जनौँ चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको खुलेको छ ।

इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो । द मस्को टाइम्सको एक रिपोर्टअनुसार, इरान हाल चीनबाट ३६ वटा जे–१०सी विमान खरिद गर्न अन्तिम चरणको वार्तामा छ ।  यो कदम सन् २०२३ को सम्झौतापछि रुसबाट ५० वटा एसयू–३५ लडाकु विमान खरिद गर्ने इरानको योजना चारवटा विमानमात्रै प्राप्त भएपछि अवरुद्ध भएको सन्दर्भमा आएको छ ।

गत महिना इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणले इरानका धेरै स्थान, विशेष गरी आणविक पूर्वाधारमा हमला गरेपछि आधुनिक लडाकु विमानको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार