बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ असार २०८२

बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेका छन् ।

उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कलाल बचाउन गएका थिए ।

करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई भने उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार