धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित कार्यकर्ता पक्राउ परेका छन्।>
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेको छ ।>
उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।>
अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
>>