आगामी नीति तथा कार्यक्रममा सुझाव दिन महानगरको आह्वान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१ जेठ २०८१

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ ।

नीति तथा कार्यक्रमक नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव माग गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न तथा पारदर्शी बनाउने प्रयास स्वरूप यो विधि अपनाइएको महानगरले जनाएको छ । महानगरको सुझाव संकलन पोर्टलमा उल्लेख शीर्षक अनुसार नीति तथा कार्यक्रममा सुझाव दिन सकिने छ ।

महानगरले परिकल्पना गरेको नीति, योजना तथा कार्यक्रममा ९ जेठभित्र सुझाव दिन सकिने छ । महानगरको इमेल, हटलाइन वा कार्यालयमै उपस्थित भएर पनि नीति तथा कार्यक्रममा सुझाव दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार