काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ जेठ २०८२

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले जानकारी दिए । बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था अनुसार उनलाई निलम्बन गरिएको बताइएको छ ।

‘अब उहाँको निलम्बनबारेमा कार्यपालिका बैठकमा छलफल हुन्छ,’ गुरागाईंले भने, ‘त्यसपछि उहाँलाई के गर्ने भन्नेबारेको थप निर्णय त्यहीँबाट हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार