काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै काठमाडौंको चक्रपथ भित्र लगाइएका निषेधाज्ञालाई हटाएको हो।>
राजावादीहरू प्रदर्शन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो। अहिले प्रदर्शन रोकिएसँगै प्रशासन कार्यालयले निषेधाज्ञालाई हटाएको हो। >
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताएको छ।>>