खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)का अनुसार आफू नियुक्त भएर आएपछि खेलकुदको पूर्वाधार विकास र खेलाडी उत्पादनमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । प्रदेशको गौरवको आयोजनामा पारेर पूर्वाञ्चल विश्वविद्यालयको ८०५ बिघा जग्गामध्ये आवश्यक क्षेत्र लिएर कोशी प्रदेश खेल गाउँ निर्माण गर्ने तयारी गरिएको बस्नेतले बताएका छन् । उक्त आयोजनाको थालनी गर्न सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दामोदर फुयालको संयोजकत्वमा समिति गठन समेत गरिएको बस्नेतले बताएका छन् । ‘मुख्यमन्त्रीको निर्देशनमा तीन तहको सरकारको साझेदारीमा क्रिकेट मैदान सहितको स्पोट्र्स कम्प्लेक्स निर्माण गर्ने योजना छ’–बस्नेतले भने–‘यसबाहेक भलिबल, फुटबल लगायतका सामूहिक खेलहरूमा समेत खेल्न सक्ने र खेलाडीहरूले आवश्यक सामग्री किन्न सक्ने स्पोट्र्स कम्प्लेक्सको रूपमा खेलकुद गाउँलाई विकास गर्नेछौं ।’>
खेलकुद बोर्डले १२ वटा जिल्लामा गएर खेलकुदको पूर्वाधारको अवस्था बुझेको बस्नेतले बताएका छन् । सर्वेक्षणमा सबैभन्दा बढी राज्यको सम्पत्ति÷संरचना अन्य सरकारी निकायको भन्दा बढी भएको रेकर्ड प्राप्त भएको उनले बताएका छन् । ‘हामीले अभिलेखीकरण मात्र गरेका छैनौं डकुमेन्ट्री नै बनाएर प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री, सामाजिक विकास मन्त्री र संघीय सरकारका प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीलाई भिडियो देखाएर प्रस्तुति दिएका छौं’–उनले भने । >
बस्नेतले सुनसरीमा रहेको प्रादेशिक रंगशालाको मर्मत सम्भार थालिएको समेत बताएका छन् । यस्तै थरुहट रंगशाला, उदयपुर, संखुवासभामा व्यक्तिले दान गरेको जग्गामा स्टेडियम निर्माणको काम भइरहेको बस्नेतको भनाई छ । ‘सामान्य मर्मत सम्भार गर्दा खेरी खेल खेल्न सक्ने अवस्था भएका खेलकुद हलहरूको स्तर उन्नती र मर्मत गर्ने कामको थालनी गरेका छौं’–बस्नेतले भने ।>
पारम्परिक खेलको संरक्षणका लागि पनि विशेष व्यवस्था गरिएको बस्नेतको दाबी छ । योगा, डोरी तानजस्ता धार्मिक, सांस्कृतिक इतिहाससंग जोडिएका खेलहरूलाई विशेष प्राथमिकतामा राखिएको बस्नेतले जनाएका छन् । ‘बाघचाल, डोरी तान्न लगायतका पुरानो खेलहरू, योगाजस्ता खेलको विकासका लागि म सदस्य सचिव भएर आएपछि छुट्टै बजेटको व्यवस्थापन गरेको छु’–बस्नेतले भने । >
बस्नेतले आफ्नो पहलमा खेलकुद बोर्डको भवन निर्माण गरी आफ्नै कार्यालय भवनमा सरेको समेत बताएका छन् । जिल्लाका प्रशासनिक कार्यालयहरू पनि आफ्नै भवनमा सार्ने काम भइरहेको छ । ‘भोजपुरमा आफ्नै भवनमा सरिसकेको, तेह«थुममा सर्ने तयारीमा छ र ताप्लेजुङमा निर्माणाधीन अवस्थामा छ’–बस्नेतले भने–‘खेल गति खेलाडीको प्रगति हो भन्ने मान्यता स्थापित गर्न खोजिरहेका छौं, कोशीलाई मात्र नभएर देशकै विकास गर्ने खालको काम गरिरहेका छौं ।’>
कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि खेलकुद क्षेत्रमा ऐतिहासिक रूपमा ठूलो बजेट विनियोजनका लागि प्रस्ताव गरिएको बस्नेतको दाबी छ । संघीय सरकारमा खेलकुद प्रवद्र्धनका लागि ६ अर्ब ८ करोड रूपैयाँ बजेट छुट्याउनका लागि प्रस्ताव गरिएको छ । संघीय र प्रदेश सरकारको बजेटबाट विभिन्न खेलकुद पूर्वाधार, प्रतियोगिता सञ्चालन र प्रशिक्षणका लागि ठोस योजना बनाइएको बस्नेतले बताएका छन् ।>
बस्नेतका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेलकुद क्षेत्रको विकासका लागि गतिविधि सञ्चालन गरिने छ । झापाको दमकमा ३० हजार दर्शक बस्न सक्ने क्षमताको अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने बस्नेतले बताएका छन् । उक्त रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने बस्नेतको भनाई छ ।>
हिमाली जिल्ला सोलुखुम्बु, मुस्ताङ लगायत स्थानहरूमा हाइ अल्टिट्युड स्पोट्र्स स्टेडियम निर्माण गर्ने योजना रहेको रहेको समेत बस्नेतले बताएका छन् । यसले उच्च हिमाली क्षेत्रका खेलाडीहरूलाई प्रशिक्षणका लागि अवसर प्रदान गर्ने उनले सुनाएका छन् । यी स्टेडियमहरूमा एथ्लेटिक्स, फुटबल, भलिबलजस्ता खेलहरूका लागि विशेष प्रशिकक्षण केन्द्रहरू स्थापना गरिने समेत बस्नेतले बताएका छन् । >
क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०८२÷८३ मा ४२ करोड रूपैयाँ विनियोजनका लागि प्रस्ताव गरिएको बस्नेतले बताएका छन् । यसबाहेक कोशी प्रदेश खेलकुद योजनाका लागि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मनोरञ्जनात्मक र खेलकुद सेवाका लागि १० करोड २५ लाख ७६ हजार रूपैयाँ विनियोजन गर्न प्रस्ताव गरिएको बस्नेतको भनाई छ । >
कोशी प्रदेशको आगामी योजनाहरू अन्तरगत मोरङको गोठगाउँमा बहुउद्देश्यीय स्पोट्र्स कम्प्लेक्स निर्माण गर्ने, मेची स्टेडियम र इटहरी, धरानमा फ्लड लाइट जडान गर्ने तयारी गरिएको बस्नेतले बताएका छन् । यसबाहेक राष्ट्रिय विभूतिका नामबाट खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने, लोप हुन लागेका परम्परागत खेलहरूको संरक्षण गर्ने, खेलकुद मन्त्रालयले खेलाडीहरूको प्रशिक्षण, पूर्वाधार विकास, खेलकुद प्रवद्र्धन र प्रतियोगिता आयोजना गरी खेल क्षेत्रलाई बलियो बनाउने ठोस कार्यक्रमहरू अगाडि बढाएको बस्नेतले जनाएका छन् । खेलकुद बजेटले समग्र खेलकुद क्षेत्रलाई गुणात्मक रूपमा समृद्ध बनाउने अपेक्षा गरिएको बस्नेतको भनाई छ । यस्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेल क्षमतामा उल्लेखनीय वृद्धिको सम्भावना बढाउने बस्नेतको दाबी छ । >
१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि कोशी प्रदेशको तर्फबाट तयारी पूरा गरेको समेत बस्नेतले बताएका छन् । उक्त प्रतियोगिताका लागि १८ वर्ष मुनिका (महिला र पुरुष) भलिबल, कराते, तेक्वान्दो, कबड्डी र एथलेटिक्समा १११ जना खेलाडी कोशी प्रदेशबाट छनौट भएका छन् ।>
कोशी प्रदेश खेलाडी जन्माउने थलोको रूपमा चिनिन्छ । फुटबलकी उदीयमान खेलाडी सोलुखुम्बुमा जनिमएकी प्रिति राई, नेहाकुमारी चौधरी, धनकुटामा जन्म्एिका करातेका कुशल श्रेष्ठ, मोरङका क्रिकेट खेलाडी ललितनारायण राजबंशी, मोरङकै कबड्डीकी मेनुका राजबंशी लगायतका थुप्रै खेलाडीहरू कोशी प्रदेशका नक्षेत्र हुन् । उनीहरूले कोशी प्रदेशलाई चिनाउन योगदान पु¥याएको खेलाडीहरूको भनाई छ । तर उनीहरूको खेल विकासका लागि तीनै तहका सरकारले लगानी नगरेको गुनासो गरेका छन् । >
पहाडी जिल्लाहरू पनि खेलकुद गतिविधि तिब्र छ । इलाम, धनकुटा, पाँचथर, तेह«थुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाहरूमा पनि विभिन्न खेलकुदका गतिविधि तिब्र पारिएका छन् । अधिकांश स्थानीय तहहरूमा खेलकुद गतिविधि भइरहेका छन् । >
इलाममा इलाम गोल्डकप र महिला गोल्डकप ठूलो धन राशीको प्रतियोगिता हुने गरेको छ । यसले इलामको फुटबल खेलमा योगदान पु¥याउदै आएको छ । यसबाहेक सन्दकपुर, माङसेबुङ, चुलाचुली, माईजोगमाई, फाकफोकथुम गाउँपालिका तथा सूर्योदय, देउमाई, इलाम र माई नगरपालिकामा हुने विभिन्न गोल्डकपले फुटबलको क्रेजलाई बढाइरहेको छ । >
पाँचथरको फिदिममा हुने सर्वाधिक राशीको पाँचथर गोल्डकप खेलको गरिमा बढाएको छ । ११ लाख १ हजार १ सय ११ रूपैयाँ राशीको पुरस्कार पहाडी जिल्लामा हुनु फुटबल खेलका लागि अवसर भएको फुटबलप्रेमीहरूको भनाई छ ।>
खोटाङमा हुने बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवले कोशी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएको कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बताएका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गर्दै आएको बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुदै आएको कराते, म्याराथन, टेबलटेनिस, बुद्धिचाल लगायत विभिन्न इभेन्टका खेलले खोटाङको मात्र नभई कोशी प्रदेश तथा सिंगो राष्ट्रलाई नै योगदान पु¥याएको राईको भनाई छ । >
खोटाङको करातेले कोशी प्रदेशलाई नै धानेको छ । राष्ट्रिय कराते प्रतियोगितामा खोटाङका खेलाडीले कोशी प्रदेशको प्रतिनिधित्व गर्ने गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजूले बताएका छन् । >
कोशी प्रदेशमा बुद्धिचालले गतिलिएको छ । पाँचथरमा भएको विद्यालय स्तरीय बुद्विचाल प्रतियोगिताले बालबालिकामा समेत थप उर्जा थपेको छ । त्यस्तै खोटाङमा हुने बुद्धिचालमा राष्ट्रिय खेलाडीको सहभागिताले खेलकुद जगतमा नयाँ उमङ्ग थपिएको मन्त्री राईले बताए । खोटाङमा भएको म्याराथनमा राष्ट्रिय ख्याती कमाएका बैकुण्ठ मानन्धरको उपस्थितिले नयाँ खेलाडीलाई उर्जा मिलेको खेलाडीहरूको भनाई छ । पाँचथरको फालेलुङमा पनि म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । >
कोशी प्रदेशमा हुने वडादेखि पालिका, जिल्लादेखि प्रदेशस्तरीय खेलकुद गतिविधिले पछिल्लो समय गति लिएको मन्त्री राईको भनाई छ । राष्ट्रपति प्रतियोगिताले विद्यालयतहदेखिनै खेलकुद विकासमा योगदान पु¥याएको राईले बताएका छन् । यसबाहेक अन्य थुप्रे खेलकुद क्षेत्रको विकासका लागि कोशी प्रदेश सरकार, खेलकुद विकास बोर्डसंग समन्वय भइरहेको समेत मन्त्री राईले बताएका छन् । ‘पछिल्लो समय कोशी प्रदेशमा खेलकुद गतिविधि तिब्र रूपमा भइरहेको छ’ राईले भने–‘यसमा म धेरै सन्तुष्टी छु ।’>
कोशी प्रदेशका विभिन्न जिल्लामा खेलमैदान, भवन लगायतका पूर्वाधारहरू समेत निर्माण भइरहेको मन्त्री राईले बताएका छन् । >>