आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ भाद्र २०८२

आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चार दिनमा सुनको भाउ ४ हजार बढेको छ । भदौ ४ गते सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो । चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३५० रुपैयाँ पुगेको छ ।

चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २२५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार