मच्छिन्द्र एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ फाल्गुन २०८१

मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्‍वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले हरायो । मछिन्द्रको जितमा स्टेफेन जमाहा जालिले निर्णायक गोल गरे। उनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसमा गोल गरेका थिए । मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि आयोजकको टोली केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ।

यसअघि आजै भएको अर्को खेलमा एपीएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार