बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्याउन सक्ने आशंका छ । त्यसैले मधेश प्रदेश सरकारले सुरक्षा संयन्त्र र उद्धारकर्तालाई अलर्टमा राखेको जनाएको छ ।>
आजभन्दा एघार वर्ष अघि अर्थात् सन् २०१४ मा पनि कात्तिक महिनामै ‘हुदहुद’ नामको चक्रवात आएको थियो । त्यसको असरले नेपालका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण करिब ४० जनाको ज्यान गएको थियो ।>
अहिले फेरि मोन्था नामको चक्रवातले नेपालमा विनाश निम्त्याउने प्रक्षेपण छ । त्यसैले यसको क्षतिबाट जोगिन पर्वतारोहणमा नजान र बाढी तथा डुबान प्रभावित क्षेत्रमा उच्च सतर्कतामा रहन मौसमविदहरुले सुझाव दिएका छन् ।>>