काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध ‘इनफ इज इनफ’ अभियान जाग्दै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ असार २०८०

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको छ । यसपटक भने ओलीविरुद्ध होइन काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध यो अभियान जागेको हो । बालेन नेतृत्वको महानगर प्रहरीले सडकमा ब्यापार गर्ने श्रमिकलाई अमानवीय व्यवहार गरेको भन्दै त्यसका विरुद्ध बुधबार महानगरको गेटमा प्रदर्शनका लागि यो अभियानले ह्यासट्याग चलाएको छ ।

बालेनले गाएको र्‍याप गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भन्ने लाइनलाई नै ह्यासट्याग बनाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । बलिदान चलचित्रको उक्त जनवादी गीतलाई बालेनले र्‍याप भर्सन बनाएका थिए ।गरिखाने जनता र सडक व्यापारीविरुद्ध महानगरको दमनको विरोध गर्न भन्दै सो अभियान ब्यूँत्याइएको हो । विगतमा ओलीविरुद्ध खडा भएका पात्रहरुले नै अहिले बालेनविरुद्ध यो आह्वान गरेका हुन् ।

यसमा केही कलाकारलाई समेत समेटिएकोमा उतिबेलै सुरक्षा पन्त लगायतले आफूहरुको अभियानलाई राजनीतिक बनाइएको भन्दै अलग भएको घोषणा गरेका थिए । यो अभियानमा ट्वीटरमा सक्रिय केही संगठित व्यक्तिहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार