कोसी र मधेसमा भारी वर्षाको सम्भावना

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ जेठ २०८२

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु आसपासका ठाउँहरूमा मेघ गर्जन चट्याङ सहितको हल्कादेखि मध्यम पानी परिरहेको बताएको छ।

उक्त पानी पार्ने प्रणाली उत्तर–पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। कोशी प्रदेशमा बुधबार विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा आकलन गरिएकाले त्यहाँ गेग्रान बहावको जोखिम छ। मनसुन प्रवेश गरेकै दिन धनकुटा र धरान जोड्ने सडक खण्ड लेउती खोलाको गेग्रान बहावले कटान गरेको थियो। कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार