धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.१६ अंकले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा कमी आएको छ । >
आज ९२ करोड सात लाख रुपैयाँले घटेर पाँच अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक आज २,६४६.८४ विन्दुमा बन्द भएको छ । आज १२५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १०८ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ । आज सप्तकोसी डेभलपमेन्ट बैंक, ङ्यादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।>
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । आज चार समूहको सेयरमूल्य घटेको छ । फाइनान्स समूहको परिसूचक २.६५ प्रतिशतले वृद्धि भएको छ ।>>