सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ असार २०८२

सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

दुई महिनामै बजारमा उनीहरूको लगानी रकम २ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । चैत मसान्तसम्म फन्डले कुल ४५ अर्ब ९१ करोड रुपैयाँ बजारमा लगानी गरेका थिए । फन्डहरूको कुल सम्पत्तिमा सेयर बजारमा भएको लगानी रकम ७२ प्रतिशत हो । जेठ मसान्तसम्म म्युचुअल फन्डको कुल कोषको आकार ६३ अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको छ । चैत मसान्तसम्मको तुलनामा कुल कोषको आकार ६.७५ प्रतिशत बढेको छ । चैत मसान्तसम्म कुल कोष आकार ५९ अर्ब ६९ करोड रुपैयाँ थियो ।

म्युचुअल फन्डले आफ्नो लगानीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएका छन् । जेठ मसान्तसम्म फन्डले ४ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गरेका छन् भने १० अर्ब ४२ करोड रुपैयाँ नगदमा छन् । फन्डले बढीमा १५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् । थप केही म्युचुअल फन्ड सञ्चालनमा आएसँगै कुल सम्पत्ति र लगानी रकम बढेको हो । जेठ मसान्तसम्म कुल ३८ वटा बन्दमुखी योजना र ८ वटा खुलामुखी योजना सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार