विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माओवादी केन्द्रको माग

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ असार २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माग गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरे । ‘सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ,’ सांसद पाण्डेले भने, ‘यसलाई यसै छाड्न हुँदैन । उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्‍यो ।

सभापतिदेखि सबैमाथि छानबिन गर्नु पर्‍यो र दोषीमाथि कडा कारबाही गर्नुपर्‍यो ।’ उनले विधेयक तयार हुँदै गर्दादेखि नै अनेक अड्चन आएको स्मरण गर्दै गम्भीर षड्यन्त्र गरिएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार