अलराउण्डर क्रीकेटर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
२४ जेठ २०८१

नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् । दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने भएका छन् ।

दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले ट्वीट गर्दै उनी पर्थ रोयल्सबाट उक्त लिग खेल्ने जनाएका छन् । प्रतियोगिता १६ देखि ३१ अगष्टसम्म हुनेछ । स्कटटिस सुपर-१० मा ६ फ्रेन्चाइज टोलीको सहभागीता हुनेछ । उक्त प्रतियोगिता अफगानिस्तानका राशिद खान, रहमानउल्लाह गुरबाज, पाकिस्तानका नसिम साह, इंग्ल्यान्डका एलेक्स हेल्स लगायतका खेलाडीले खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार