सुनकाे मूल्य तोलाकै १ लाख ७० हजार नाघ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ फाल्गुन २०८१

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ११ सयले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ७० हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला १५ ले बढेको छ ।

आजका लागि प्रतितोला चाँदीको मूल्य १९ सय ८५ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार