नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।>
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।>