नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एकदिवसीय सिरिज

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० फाल्गुन २०८०

नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले ५८ र आरोन जोन्सनले ४२ रनको योगदान दिए । यसअघि मुलपानी क्रीकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको थियो । नेपालका लागि अशुन्तोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए । शेर मल्ल र शाहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे । बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए ।

कलिम साना र साद बिन जफरले १–१ विकेट लिए । यससँगै ३ खेलको एकदिवसीय सिरिज २–१ ले क्यानडाले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार