नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो । >
हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ । यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो ।नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ ।>
समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।>>