नेपाल विद्युत प्राधिकरणको ग्राहक संख्या ५१ लाख नघ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ भाद्र २०८०

नेपाल विद्युत प्राधिकरणको ग्राहक संख्या ५१ लाख नाघेको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा ग्राहक संख्या ५१ लाख ३० हजार पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७.७६ प्रतिशत धेरै हो ।

यस आवमा ग्राहक संख्या ४७ लाख ७० हजार रहेको थियो । प्राधिकरणका अनुसार सामुदायिक ग्रामिण विद्युतीकरणबाट ५ लाख १० हजार ग्राहकले विद्युत उपयोग गरिरहेका छन् ।

यससहित राष्ट्रिय ग्रीडबाट विद्युत सेवा उपयोग गर्ने ग्राहक संख्या ५६ लाख ४० हजार पुगेका छन् । राष्ट्रिय ग्रीडबाट विद्युत पहुँच पुगेको यो संख्या ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना र सौर्य ऊर्जाबाट विद्युत सेवा पुगेका ग्राहकको कुल संख्या ९८ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

अहिले देशभर विद्युत खपत वार्षिक ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार