आज साताको तेस्रो दिन मंगलबार नेप्से उच्च अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा कायम भएको छ ।>
अघिल्लो कारोबारका दिन आइतबार मात्रै १७ अंकले घटेको बजारमा आज ७० लाख ७४ हजार २५५ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४ रुपैयाँको कारोबा भएको छ । उच्च अंकले घटेपनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ । कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा सकारात्मक सकिर्टका साथ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, विपीडब्लु लघुवित्त वित्तीय संस्था, गरिमा डेबेन्चर २०८५ र जोशी आइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन ।>
>
सर्वाधिक गुमाउनेमा शितगंगा आइड्रोपावर एण्ड कन्सट्रक्सन, सिटिजन म्यूचअल फण्ड १, सामुदायिक लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमीटेड रहेका छन् ।>
यस्तै उपसमूह तर्फ आज सबै समूहमा गिरावट आएको छ । आज बजार पुँजीकरण २७ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ ।>
>>