उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ चैत्र २०८०

निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगको  अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार