श्रीमतीको हत्या आरोपमा तीन महिनादेखि फरार श्रीमान् पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ जेठ २०८२

श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।

उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ । श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ । धनुषा प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर हरिरामलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले पत्रकार सम्मेलनमार्फत् घटनाको विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार