नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजाआराधना

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ अशोज २०८१

आज नवरात्रको दोस्रो दिन, भक्तजनहरूले दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजाआराधना गरिरहेका छन्। बिहीबारको पहिलो दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो, जहाँ शैलपुत्री देवीको पूजाआराधना गरिएको थियो।

आज, ब्रह्मचारिणी देवीलाई आह्वान गर्दै भक्तजनहरूले विभिन्न पूजापद्धतिहरू अनुसार पूजा गरिरहेका छन्। नवरात्रका नौ दिनमा घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

धार्मिक विश्वासअनुसार, नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यस आधारमा, वैदिक सनातन धर्मावलम्बीहरू प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

ब्रह्मचारिणी देवीको स्वरुप संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा आधारित छ। ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु भएको विधान छ।

प्रतिक्रिया

सम्बन्धित समाचार