प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्। >
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ।>
भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो। २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।>
>>