गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण नष्टको आरोपमा प्रहरी अनुसन्धानको घेरामा

लाइभ न्यूज रफतार 3770+ समाचार ( )
अस्पतालसँग जोडिएका प्रमाण हटाएर नष्ट गरिएको पाइएको आरोप
१७ भाद्र २०८३

जुगेश बाबु/ लायभ न्यूज रफतार

बिराटनगरमा दिव्य ज्योति आँखा अस्पताल नाम लेखिएको गाडीमा गाजाँ तस्करी भएको भन्दै आएको समाचार प्रति अस्पतालका अध्यक्ष देवा यादबले मिडियाले लेखेको समाचार प्रति घोर भर्तस्ना गरेका छन् ।  उनले भने , बिभिन्न मिडियामा आएको समाचार आरोप लक्षित भएकाले मिडियाहरुप्रति नै खनिएका छन् । 

 बिराटनगरमा अस्पतालको नाम लेखिएको गाडीभित्र गाँजा तस्करी भएको घटनामा प्रहरीकै संलग्नतामा प्रमाण नष्ट गरिएको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय, रानीको प्रहरीकै संरक्षणमा गाडीमा लेखिएको अस्पतालको नाम तथा अस्पतालसँग जोडिएका प्रमाण हटाएर नष्ट गरिएको पाइएको आरोप छ।

यो हेर्नुहोस्, सशस्त्र प्रहरी बल दरैयाबाट खटिएको प्रहरीले ‘दिव्य ज्योति आँखा अस्पताल प्रा।लि।’ नाम लेखिएको गाडीमा गाँजा रहेको भन्दै लिएको तस्वीर लाइभ न्यूजले प्राप्त गरेको छ।

सशस्त्र प्रहरीले आवश्यक मुचुल्का उठाएर इलाका प्रहरी कार्यालयलाई सुरुमा ‘दिव्य ज्योति अस्पताल’ लेखिएको गाडीमा गाँजा रहेको जानकारीसहित बुझाएको थियो। तर, इलाका प्रहरी कार्यालय, रानीका इन्स्पेक्टरले गाडी सार्वजनिक गर्दा गाडीमा लेखिएको अस्पतालको नाम तथा अस्पतालसँग जोडिएका प्रमाण हटाइएको वा नष्ट गरिएको पाइएको आरोप छ।

सशस्त्र प्रहरीका एक अधिकारीले लाइभ न्यूजलाई दिएको जानकारीअनुसार ‘दिव्य ज्योति अस्पताल’ लेखिएको उक्त गाडी पटक–पटक नेपाल–भारत सीमाक्षेत्रमा रातिको समयमा शंकास्पद रूपमा देखिँदै आएको थियो। गाडीमाथि निगरानी तथा रेकी गर्दा गाँजा फेला परेको उनले बताए।

ती अधिकारीका अनुसार यस घटनामा दिव्य ज्योति अस्पतालका को–को व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान सुरु गरिएको छ।

राति करिब ११ः०० बजे ‘दिव्य ज्योति अस्पताल प्रा।लि।’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए। चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

कानुनी दृष्टिकोणबाट हेर्दा लागूऔषध बरामद भएको सवारीसाधनसँग सम्बन्धित प्रमाण, पहिचान वा अनुसन्धानका लागि आवश्यक सामग्री जानाजानी हटाइएको, परिवर्तन गरिएको वा नष्ट गरिएको पुष्टि भएमा यो विषय गम्भीर अनुसन्धानको दायरामा पर्न सक्छ।

अनुसन्धानका क्रममा बरामद भएका वस्तु तथा सवारीसाधनको अवस्था, मुचुल्का, तस्वीर, विवरण र अन्य प्रमाण सुरक्षित राख्नु अनुसन्धानको महत्वपूर्ण प्रक्रिया मानिन्छ। यदि कुनै व्यक्ति वा जिम्मेवार अधिकारीले अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले प्रमाण नष्ट गरेको वा परिवर्तन गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न सक्छ।

त्यस्तै, गाँजा ओसारपसारमा सवारीधनी, चालक, सहयोगी वा अन्य कुनै व्यक्ति संलग्न रहेको प्रमाणित भएमा उनीहरूमाथि लागूऔषध सम्बन्धी प्रचलित कानुनअनुसार कारबाही हुन सक्छ।

यस घटनामा अब मुख्य रूपमा गाडीको वास्तविक स्वामित्व कसको हो, अस्पतालसँग गाडीको सम्बन्ध के हो, गाडीमा लेखिएको अस्पतालको नाम कसले र किन हटायो, मुचुल्का तयार पार्दा र गाडी सार्वजनिक गर्दा गाडीको अवस्थामा किन फरक देखियो तथा प्रमाण हटाउने कार्यमा कसैको संलग्नता थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिएको छ।

यदि प्रहरी वा कुनै सार्वजनिक पदमा रहेको व्यक्तिको संलग्नतामा प्रमाण हटाइएको वा अनुसन्धान प्रभावित पार्ने काम भएको पुष्टि भएमा सम्बन्धित निकायबाट विभागीय तथा प्रचलित कानुनबमोजिम थप कारबाहीको विषय बन्न सक्छ। यद्यपि, हालसम्म प्रमाण नष्ट गरिएको आरोप सम्बन्धित निकायबाट अन्तिम रूपमा पुष्टि भइसकेको छैन।

यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले गाँजा बरामद प्रकरणबारे अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट घटनाको वास्तविकता, गाडीको अस्पतालसँगको सम्बन्ध तथा प्रमाण हटाइएको आरोपको सत्यतथ्य खुल्ने अपेक्षा गरिएको छ ।

अस्पतालका स अध्यक्ष देवा यादबले भने , उक्त गाडी हाम्रो होइन् । हाम्रो सम्पर्कमा पनि छैन । हामीलाई आरोप लगाउन कसैले चलखेल गरेको उनको भनाइ छ । उनले , भने , प्रहरीलाई अनुसन्धानका लागी खोज्न सहयोग गर्ने बताए ।

प्रतिक्रिया

रामानन्द्र यादव १७ भाद्र २०८३, बुधवार

सबैभन्दा कडा कारबाही प्रमाण नष्ट गर्ने लाई हुनुपर्छ। यो चोटी छोड्दा अर्को चोटी फेरि गर्न सक्छ।

रामानन्द्र यादव १७ भाद्र २०८३, बुधवार

सबैभन्दा कडा कारबाही प्रमाण नष्ट गर्ने लाई हुनुपर्छ। यो चोटी छोड्दा अर्को चोटी फेरि गर्न सक्छ।

सम्बन्धित समाचार