एकैदिन २ हजार बढ्यो सुन , प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ पौष २०८१

एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १८१० रुपैयाँ पुगेको छ । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।


  

प्रतिक्रिया

सम्बन्धित समाचार