सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–५, साहेवगञ्जस्थित इलाका प्रहरी कार्यालय साहेवगञ्ज परिसरमा रहेको मन्दिरका लागि इन्जिनियर रामप्रकाश मण्डलका आमाबुवा नारायण मण्डल र मुस्नी देवी मण्डलले भगवती माताको मूर्ति दान गरेका छन्।>
फूलपातीको पावन अवसरमा आयोजित विशेष कार्यक्रममा धार्मिक अनुष्ठानसहित भगवती माताको प्राणप्रतिष्ठा गरिएको हो। मूर्तिलाई साहेवगञ्ज क्षेत्रमा परिक्रमा गराएपछि विधिपूर्वक मन्दिरमा स्थापना गरिएको थियो।>
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता प्रमुख अतिथि तथा वडा नम्बर ५ का वडाध्यक्ष मनोज मण्डल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, सशस्त्र प्रहरी बल साहेवगञ्जका प्रमुख हिमाल बिष्ट, इलाका प्रहरी कार्यालय साहेवगञ्जका प्रमुख गोविन्द बस्नेत र स्थानीयवासीको उपस्थिति रहेको थियो।>
मण्डल परिवारको यस योगदानले धार्मिक आस्था र सामाजिक सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ। सार्वजनिक तथा सामुदायिक हितका कार्यमा व्यक्तिगत रूपमा गरिने यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य व्यक्तिलाई पनि सामाजिक तथा धार्मिक गतिविधिमा योगदान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।>
फूलपातीको अवसरमा सम्पन्न मूर्ति स्थापना कार्यक्रम धार्मिक श्रद्धा र सामुदायिक सहभागिताका साथ सम्पन्न भएको थियो।>>