पाँच दिनमा सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । यद्यपि अघिल्लो दिनको तुलनामा भने आज स्थिर छ । >
महासंघले आइतबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि १३ फागुनमा हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि आज स्थिर छ ।>
प्रतितोला १९१५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।>>