प्रहरी प्रधान कार्यालयद्वारा गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
२१ माघ २०८०

प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ ।

देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो । पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी समन्वय समिति ९पीसीसी०को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार