भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ। जहाँ पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दै छन् । >
सेमिफाइनलकै सरह मानिने यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । पञ्जाब पहिलो क्वालिफायरमा बेंगलुरुसँग पराजित भएर दोस्रो मौकामा खेल्दै छ भने मुम्बईले इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराएर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । बेंगलुरु भने फाइनलमा पुगिसकेको छ र अब उपाधिका लागि पञ्जाब र मुम्बईबीचको विजेतासँग मंगलबार सोही मैदानमा हुने फाइनल खेल खेल्नेछ ।>
लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको थियो ।>>