प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै भदौ १० गतेयता विपद् व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको बताएका छन्।>
>
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले बाढीपहिरो प्रभावित क्षेत्रको क्षतिको अध्ययन तथा व्यवस्थापनका लागि उपलब्ध स्रोत–साधन र जनशक्ति परिचालन गरिएको बताए।>
>
भोटेकोशी–त्रिशूली, गण्डकीलगायत क्षेत्रमा आएको विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली थप सुदृढ गर्ने र हिमपहिरो रोकथामका उपाय अघि बढाउने उनले जानकारी दिए।>
>
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिप्रति आभार व्यक्त गरे।>>