प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘म झोले हो’ अभियानको काउन्टरमा ‘म झोले होइन’ अभियान पनि सुरु भएको छ । >
प्रधानमन्त्री ओलीले सोमबार आफ्नो फोटोसहित ‘म झोले हो,’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि एमालेका अन्य नेता कार्यकर्ताहरुले पनि आफ्नो फोटोसहित सुन्तला र सुनौलो रंग मिश्रित त्यही पोष्टर भाइरल बनाए । भनिन्छ– एमालेले आफ्ना नेता–कार्यकर्ताहरुलाई म झोले हो लेखिएको पोष्टर साझा उर्दी नै जारी गरेको थियो ।>
तर भाइरलको यो भिडबाट केही नेता–कार्यकर्ता अलग देखिए, जसले ‘म झोले हो’लाई पछ्याएनन् । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटा त्यसको एक उदाहरण हुन् । उनले आफू एमाले ‘कार्यकर्ता’ भएको उल्लेख गरेका छन् ।>
>
>>